खाेज्नुहाेस

गोदावरीमा आजदेखी प्लाष्टिकजन्य वस्तुको प्रयोगमा पुर्ण निषेध

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आजदेखी प्लाष्टिकजन्य वस्तुको प्रयोगमा पुर्ण रुपमा निषेध गरेको छ । नगरपालिकाले यसअघि पटक पटक सूचना जारी गरिसकिएकाले आजदेखी पुर्ण रुपमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा निषेध गरिने जनाएको हो ।

सोही विषयको कार्यान्वयनका लागि सोमबार नगरपालिकाले बजार अनुगमन पनि गरेको थियो । अनुगमनका क्रममा व्यवसायीहरुलाई पहिलो दिन प्लाष्टिकको प्रयोगमा पुर्ण रुपमा प्रतिबन्ध गर्न सुझाव दिईएको छ । पहिलो दिन सुझाव मात्रै दिईएको र आगामी दिनमा फेरी पनि प्लाष्टिकको प्रयोग भएको पाईए जफत गर्नुका साथै कारबाही पनि गरिने नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले जानकारी दिईन ।

add everest academy
attariya hospital
navjiwan hospital

उनले सोझै जफत तथा कारबाहीमा नगई अनुगमनको पहिलो दिनमा व्यवसायीहरुलाई सुझाव दिईएको बताईन । ‘आज (सोमबार) हामीले अनुगमन गर्दै व्यवसायीहरुलाई सुझाव दिएका छौ’ उनले भनिन् ‘भोलीदेखी पुनः प्लाष्टिकको प्रयोग गरेको भेटिए जफतका साथै कारबाही पनि गर्छाै ।’ उनले सुचनालाई आधार मानेर पनि बढिजसो व्यवसायीहरुले प्लाष्टिकको झोलाको प्रयोग बन्द गरिसकेको बताईन ।

यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले ४० माईक्रोन भन्दा कमका प्लाष्टिकजन्य पदार्थहरु प्रतिबन्ध गर्ने भन्दै नगरपालिकाले दुई चोटी सूचना प्रकाशित गरिसकेको बताए । उनले सूचना पछि पहिलो पटकलाई व्यवसायीहरुलाई पुनः जानकारी दिनका लागि अनुगमन गरिएको बताए । उनले अब नगरपालिकाले नगरप्रहरीमार्फत अनुगमनलाई निरन्तरता दिने र पुनः प्लाष्टिकजन्य पदार्थ प्रयोग गरेको भेटिए कारबाही गरिने बताए ।

नगरपालिकाले ४० माईक्रोन भन्दा कमका प्लाष्टिक झोलाहरु, प्लाष्टिकबाट बनेका डिस्पोजल बस्तुहरु, होटलहरुमा प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरु लगायतका वस्तुहरुको प्रयोगमा निषेध लगाएको हो । प्लाष्टिकजन्य पदार्थहरुको प्रयोगमा रोक लगाउनका लागि नगरपालिकाले प्लाष्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी विधेयक २०८० पनि बनाएको छ । सो विद्येयक विपरित व्यवसायीहरुले प्लाष्टिकका वस्तुहरुको प्रयोग गरेको भेटिए कारबाही र जरिवाना दुवै गरिने नगरपालिकाले जनाएको छ ।

attariya technical collage