अत्तरिया – कैलालीबाट साढे ४ किलो लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका – ७ का ४२ वर्षिय जनक धामी रहेको प्रहरीले जनाएको छ ।

धामीलाई विशेष सुराकीको आधारमा धनगढी उपमहानगरपालिका – ८ क्याम्पस चोक नजिकैबाट पक्राउ गरिएको बताईएको छ ।

लागुऔषध सहित उनको साथबाट नगद रु. ७५ हजार पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

















