बझाङ – बझाङमा भूकम्पको धक्का गएको छ । बझाङको माशदेव आसपास बिहीबार साँझ ७ः३४ बजे ४.३ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङमा यसअघि गत जेठ ३२ गते राति पाँच मिनेटको अन्तरमा ३.७ म्याग्निच्युडको र ३.६ म्याग्निच्युडको मापन गरिएको थियो ।