खाेज्नुहाेस

अछाममा चट्याङ लागेर २ जना घाइते

Image
फाईल फोटो

अछाम – अछाममा चट्याङ लागेर २ जना घाइते भएका छन । मेल्लेख गाउँपालिका – ५ बिन्देवासिनी धामी गाउँमा वर्षासँगै सोमबार दिउँसो चट्याङले लागेर २ जना घाइते भएका हुन् ।

navjiwan hospital

घाइते हुनेमा ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन् ।

attariya hospital

घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागेर दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइते दुवैलाई उपचारका लागि बयालपाटा ल्याइएको छ ।