खाेज्नुहाेस

लालझाडीसँग मिलेर बेलौरीले ल्यायो दमकल, शव वाहन पनि भित्रियो

Image

बेलौरी — लालझाडी गाउँपालिकासँग सहकार्य गर्दै बेलौरी नगरपालिकाले दमकल भित्र्याएको छ। बिहीबार नगरपालिकाले लालझाडी गाउँपालिकासँगको साझेदारीमा दमकल पालिकामा ल्याएको हो।

दमकल गाउँपालिकासँग सहकार्य गरेर ल्याइएको बेलौरी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेय ले जानकारी दिए।

attariya hospital

उनका अनुसार दमकल ६७ लाख ७ सय रुपैयाँमा खरिद गरिएको हो। जसमा लालझाडी गाउँपालिकाले २३ लाख ४५ हजार २४५ रुपैयाँ व्यहोरेको छ भने बाँकी रकम बेलौरी नगरपालिकाले खर्च गरेको हो।

navjiwan hospital

दमकल कार्यालय पुगे पनि सेवा सञ्चालन गर्न केही समय लाग्ने पाण्डेयले बताए। “लालझाडीसँग सहकार्य गरी ल्याइएको दमकल आज कार्यालय पुगेको छ,” उनले भने, “दमकल नगरपालिकाको नाममा आउन बाँकी छ। दर्ता प्रक्रिया पूरा गर्न करिब एक हप्ता लाग्न सक्छ।”

उनका अनुसार दर्ता प्रक्रिया पूरा नभएको अवस्थामा पनि आपतकालीन अवस्था आए दमकल प्रयोग गरिनेछ।

तत्काल दमकल सेवा सञ्चालन गर्न लालझाडी गाउँपालिकाले तालिम प्राप्त दुई जना जनशक्ति उपलब्ध गराउनेछ। त्यसका अलावा बेलौरी नगरपालिकाले दमकल सेवा सञ्चालनका लागि सात जनालाई तालिम दिने तयारी गरेको छ।

केही दिनअघि मात्रै बेलौरी नगरपालिकाले २७ लाख ७३ हजार ३०० रुपैयाँ मूल्य बराबरको शव वाहन पनि भित्र्याएको थियो। यसअघि आगलागी नियन्त्रणका लागि बेलौरी नगरपालिकाले पुनर्वास नगरपालिका को दमकलको सहयोग लिँदै आएको थियो।

दमकल र शव वाहन भित्रिएसँगै बेलौरी नगरपालिकामा विपद् व्यवस्थापन तथा आपतकालीन सेवामा सहजता हुने अपेक्षा गरिएको