खाेज्नुहाेस

बैतडीबाट महेन्द्रनगर आइरहेको बसको ढोका भाँचियो, एक महिला घाइते

Image

कैलाली- बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोका भाँचिदा खसेर एक महिला घाइते भएकी छन् । प्रहरीका अनुसार मंगलबार भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–१ बुडरमा ना७ख १२६४ नम्बरको बसको आपतकालीन ढोका भाँचिदा खसेर महिला घाइते भएकी हुन् ।

navjiwan hospital

घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन् । उनको छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढीको माया मेट्रो अस्पताल ल्याइएको छ ।

attariya hospital

बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ ।