खाेज्नुहाेस

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

Image
file photo

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् ।

navjiwan hospital

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । उनको प्रस्तावको पक्षमा जम्मा ६३ मत परेको छ । यस्तै १ सय ९४ जना सांसदले विपक्षमा मत दिएका छन् । यस्तै १ जना सांसदले मत दिएनन् । आजको बैठकमा २ सय ५८ जना सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ मत चाहिन्छ ।

add everest academy
attariya hospital

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा ९२० अनुसार आज ५ औँ पटक विश्वासको मत लिएका हुन् । प्रचण्डले यसअघि ४ पटक विश्वासको मत प्राप्त गरेका थिए ।