काठमाडौँ- सुनको मूल्य आज एक हजार छ सय रुपैयाँले बढेको छ ।
हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य आज एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ पुगेको छ ।