खाेज्नुहाेस

गोदावरीबाट अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ परेका छन । गोदावरी नगरपालिका – २ आदर्श गल्लीबाट १ जना पुरुष र ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

ईलाका प्रहरी कार्यालय मालाखेतीको अनुसन्धान समुहबाट खटिगएको प्रहरी टोलीले चेकजाँचका क्रममा कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न १ पुरुष सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका – १ की ६५ वर्षिया महिला, सोही ठाउँकी २८ वर्षिया महिला, नगरपालिकाकै वडा नं. ३ बस्ने ३७ वर्षिय पुरुष र गौरीगंगा नगरपालिका– १ बस्ने ३४ वर्षिय महिला रहेका छन ।

उनिहरुलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।