
अत्तरिया- कैलालीको मालाखेती चोक र धनगढीबाट अवैध सामान बरामद गरिएको छ । सोमबार गोदावरी नगरपालिका-३ मालाखेती चोक र धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहा, केदार टोल, ब्यारेल र धनगढी-४ बसपार्कबाट अवैध सामान बरामद गरिएको हो ।
अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७० हजार ३८५ मूल्य बराबरको प्याज, चिनी, दाल, जिरा, साबुन, खुर्सानी, पास्ता, सुर्ती, किरानाका सामान, ल्याएको कुर्ती, सुट, कुर्ता सुरवाल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।


















