
अत्तरिया – प्रहरीले डडेल्धुराबाट बेवारिसे अवस्थामा भेटिएको भरुवा बन्दुक बरामद गरेको छ । आइतबार अजयमेरु गाउँपालिका – ४ देवली जंगलमा स्थानिय गोठालाहरुले एक नाले भरुवा बन्दुक रहेको जानकारी दिएपछि प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरी टोलीले बन्दुक बरामद गरेको हो ।
वेवारिसे अवस्थामा भेटिएको बन्दुकका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


















