धनगढी – कैलालीबाट एक ट्याक्टर काठ सहित एक जना पक्राउ परेका छन ।

घोडाघोडी नगरपालिका – ४ मा रहेको श्रीराम सामुदायिक वनबाट १ ट्याक्टर काठ सहित स्थानीय हर्क चौधरी पक्राउ परेका हुन ।

शनिबार राती उनलाई सामुदायिक वनबाट विना कागजात काठ ओसार गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
नियन्त्रणमा लिइएको काठ सहित ट्याक्टर र चालकलाई डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको छ ।

















