अत्तरिया – कञ्चनपुरको भिमदत्त नगरपालिका – १९ तिल्केनीमा पुष्पा लोहारले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको छ ।

शनिबार बिजुलीको तार सर्ट भई आगलागी हुँदा खोर भित्र रहेका १ हजार बोइलर कुखुराका चल्ला र कुखुराको फमै जलेर नष्ट भएको छ ।

कुखुर फर्ममा आगलागी हुँदा ४ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

















