अत्तरिया – प्रहरीले कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध भन्सार छलिका सामान बरामद गरेको छ । शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिका – ३ व्यारेल र बोराडाँडी, धनगढी – ७ बेलीको जंगल नजिक, धनगढी – ९ भट्टाटोल र धनगढी – १९ खेदाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख ५२ हजार २२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

जस अन्तरगत चिनी, सुर्ती, बिडी, रेडिमेड कपडा, माछा, बोइलर कुखुरा, मोटरसाइकल लगायतका सामानहरु रहेका छन । यस्तै शुक्रबार नै कञ्चनपुरको भिमदत्त नगरपालिका –१० सुकासाल, कृष्णपुर नगरपालिका – ५ चौराहा, बाँसखेडा, शुक्लाफाँटा नगरपालिका – १२ कालागौडी र पुनर्वास नगरपालिका – ४ कार्गिलडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५१ हजार ७५ रुपैयाँ बराबरको भन्सार छलिको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जसमा चिनी, मिश्री, दाल, जिरा, चियापत्ती, सुर्ती, बिडी, नमकिन, पापड, कुलर लगायतका सामानहरु रहेका छन ।


















