खाेज्नुहाेस

धनगढीमा लागुपदार्थ दुव्र्यसन सम्बन्धी जनचेतना मुलक कार्यक्रम

Image

धनगढी – कैलालीको धनगढीमा लागुपदार्थ दुव्र्यसन सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको छ । वडा नम्बर ५ को कार्यालयको सहयोग र धनगढीमा रहेको पहिलो आरम्भ पुर्नस्थापना केन्द्रको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

navjiwan hospital

पुर्नस्थापना केन्द्रका संस्थापक विकास शाहीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र शाही प्रमुख अतिथी रहेका थिए ।

attariya hospital

कार्यक्रममा वडा प्रहरी निरिक्षक जनक ढुंगाना, मानसिक तथा मनोरोग बिशेषज्ञ डा. गणेश खड्का लगायतले लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतना मुलक मन्तव्य राखेका थिए ।

कार्यक्रममा गोपाल जोशीले हिजोका दिनमा लागुपदार्थ दुव्र्यसनमा फसेर हालसम्मको अनुभव र भोगाइका साथै लागुपदार्थ दुव्र्यसन गलत बाटो भएको भन्दै आफ्ना धारणाहरु राखेका थिए ।