
बाजुरा- बाजुरामा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बडीमालिका नगरपालिका–९ कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ कालोतार विस्तार गर्ने क्रममा करेन्ट लागेर त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएका हुन् ।
घाइते साउँदलाई जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


















