खाेज्नुहाेस

समयको अभाव बिच फरक ढङ्गले बजेट ल्याएका छौ : मन्त्री पाल

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले समयको अभावबीच फरक ढङ्गले बजेट ल्याइएको बताएका छन । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका बिषयमा आइतबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले बजेट विगतका बजेटभन्दा उपयुक्त र सकारात्मक रहेको दाबी गरे । उनले बजेटले सबै क्षेत्रलाई समेटेको बताए ।

navjiwan hospital

‘बजेटमा सबै क्षेत्रलाई समेटिएका छन् । सन्तुलित हिसाबले आवश्यकताका आधारमा बजेट विनियोजन भएकाले विगत वर्षका तुलनामा सकारात्मक छ’, उनले भने, ‘बजेटमा विभिन्न कार्यक्रममार्फत जनजीविकाका विषय समेटेका छौँ ।’
आगामी आवको बजेटमा व्यक्तिगत फर्ममा बजेट नराखिएको मन्त्री पालले बताए । बजेट खर्च कम हुने प्रवृत्तिलाई हटाउन आगामी आवको साउनदेखि नै बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

attariya hospital

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका दिर्घ सोडारीले पाललाई जेठ २८ गते मात्रै आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए ।

मन्त्री पालले शनिबार प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटअनुसार चालुतर्फ ११ अर्ब सात करोड १९ लाख, पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब ९२ करोड ७० लाख विनियोजन गरिएको थियो ।