खाेज्नुहाेस

सुनको मूल्य १६ सयले बढ्याे

Image
file photo

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ ।  शुक्रबार प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

navjiwan hospital

यस्तै, शुक्रबार एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज आइतबार प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

attariya hospital

संघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ८२० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।