सुखड – कैलालीको घोडाघोडी नगरपालिका–४ ले कृषकहरुलाई अनुदानमा मोटर वितरण गरेको छ । वडा कार्यालयले वडाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषक समुह र सहकारीलाई ८० प्रतिशत र कृषकलाई ५० प्रतिशत अनुदानमा एप.पी. मोटर वितरण गरेको हो ।

कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ कृषकहरुलाई सिँचाईका लागि मोटर वितरण गरिएको बताईएको छ । वडाभरीबाट निवेदन आएका कृषक समुह, सहकारी र कृषक गरी ५० जनालाई सिचाई सामाग्री वितरण गरीएको वडा कार्यालयले जनाएको छ ।

बिहिबार एक कार्यक्रममा बिच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले उक्त मोटर वितरण गरेका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले कृषिमा व्यावसायिकता एवम् कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न उक्त सामग्री वितरण गरिएको बताए । उनले कृषि उत्पालन वृद्धिका लागि आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
















