खाेज्नुहाेस

कैलालीमा तेलहन बालीको उत्पादन बढ्यो

Image

कैलाली- कैलालीमा तेलहन बालीको उत्पादन बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको हो ।

navjiwan hospital

कैलालीमा गत वर्ष तेलहन बाली १३ हजार ७ सय ९७ मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गरिएको थियो भने यस वर्ष १४ हजार ६० हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष तेलहन बाली खेतीको क्षेत्रफल १९ हेक्टरले बढी छ भने उत्पादन २ सय ३५ मेट्रिकटन बढी छ ।

attariya hospital

जिल्लामा यसवर्ष तोरी (एकल बाली) ६ हजार ४ सय १० र तोरी (घुसुवा बाली) ७ हजार ५ सय ६० गरी कूल १३ हजार ९ सय ७० हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । तोरी (एकल बाली) ८ हजार छ सय २० मेट्रिकटन र तोरी (घुसुवा बाली) ५ हजार ३ सय ४० मेट्रिकटन गरी कूल १३ हजार ९ सय ६० मेट्रिकटन उत्पादन भएको छ ।

यस वर्ष ९० हेक्टर क्षेत्रफलमा आलस खेती गरिएकामा ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।