बंगलादेशमा ‘मेगा वृक्षारोपण’ अभियान

एजेन्सी- बंगलादेश सरकारले यस वर्षको मनसुनयाममा आठ करोड वटाभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ ‘मेगा वार्षिक राष्ट्रव्यापी वृक्षारोपण’ अभियान शुरु गरेको छ । प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणबाट अभियानको शुभारम्भ गरेकी हुन् ।

maya metro hospital

बिरुवा रोप्न र हुर्काउन सबैलाई आग्रह गर्दै उनले जलवायु परिवर्तनको प्रतिकुल असरबाट बंगलादेशलाई जोगाउनु पर्ने र त्यसका लागि आफ्नो सरकार कटिबद्ध रहेको बताइन् ।

झन्डै दुई सय ५० नदीनालाले बगाएको र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको देशको वातावरण जोगाउन मानिसलाई उत्प्रेरित गर्न सन् १९९४ मा पहिलो पटक शुरु भएको महिना लामो वार्षिक अभियानलाई महत्वपूर्ण कार्यक्रमका रूपमा लिइन्छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.