अत्तरिया – कैलालीबाट प्रहरीले लागू औषध सहित २ युवकलाई पक्राउ गरेको छ । बुधबार साँझ प्रहरीले टीकापुर र गौरीगंगाबाट २ युवकलाई पक्राउ गरेको हो ।
टीकापुर नगरपालिका – ५ नुक्लिपुरबाट स्थानीय २३ वर्षीय रबि चौधरीलाई ६३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै प्रहरीले गौरीगंगा नगरपालिका – ८ बडैपुरमा रहेको गौरी गणेश सामुदायिक बन भित्रबाट धनगढी उपमहानगरपालिका – ५ का ३० वर्षीय सरोज चौधरीलाई पक्राउ गरेको छ । उनको साथबाट २१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै कञ्चनपुरको पुनर्वासबाट लागूऔषध सहित एक किशोर पक्राउ परेका छन । बुधबार पुनर्बास नगरपालिका – १ ढक्काबाट बेलौरी नगरपालिका –४ मोतिपुरका १६ वर्षी किशोर पक्राउ परेका हुन ।
उनको साथबाट १।१८० ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

















