खाेज्नुहाेस

बाजुरामा विद्यार्थीहरुको मुटुरोग परीक्षण : ४१ लाई मुटुरोगको समस्या

Image

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका मार्तडीमा सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुका लागि सञ्चालन गरिएको एक दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा ४ हजार ८ सय विद्यार्थीको मुटुरोग परीक्षण गरिएको छ ।

navjiwan hospital

नेपाल हृदयरोग निवारण प्रतिष्ठान शाखा बाजुराको आयोजना र  प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौँको सहयोगमा मंगलबार शिविर सञ्चालन गरिएको थियो । शिविरमा परीक्षणका क्रममा ४१ जना विद्यार्थीमा मुटु रोगको समस्या देखिएको उपचारमा संलग्न  डाक्टर प्रकाशराज जोशीले बताए । उनका अनुसार पाँच जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

attariya hospital

शल्यक्रिया गर्नुपर्ने पाँच जना बालबालिकालाई निःशुल्क उपचारका लागि काठमाडौं लगिने हृदयरोग निवारण प्रतिष्ठान शाखा बाजुराका सचिव दयाराम पण्डितले बताए ।

सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माध्यमिक विद्यालयमा शिविर सञ्चालन भएको थियो भने मार्तडीस्थित मालिका नमुना माविका साथै बाल मन्दिर आधारभूत विद्यालय, बडीमालिका बोर्डिंग स्कुल, क्रियटर जोन एकेडेमी, कन्भर्स ऐकेडेमी र समता स्कुलमा अध्यनरत विद्यार्थीहरुको मुटुरोग परीक्षण गरिएको थियो ।