धनगढी – कैलालीमा राजमार्ग पुर्वपश्चिम राजमार्ग सुचारु भएको छ । बुधबार घोडाघोडी नगरपालिका –४ भालुफाँटामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ट्रकको ठक्करबाट स्थानीय २३ वर्षीय युवा कमल तिरुवाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

बिहिबार घोडाघोडी नगरपालिका – ४ भालुफाँटामा सुपप्र ०३– ००२ ख ००११ नम्बरको ट्रक र सुपप्र ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक तिरुवाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका तिरुवाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरले ट्रक र ट्रक चालक दोलखाको बिगु गाउँपालिका – ४ का ५० वर्षीय पदम बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

















