कञ्चनपुर – कुमारी बैंक लिमिटेड बेलौरी र ईशान मेमोरियल अस्पतालबिच उपचारमा छुट दिने सम्झौता भएको छ । बैंकको बेलौरी शाखाका कर्मचारी एवम् सदस्यका परिवारलाई उपचारमा विशष छुट दिने गरी ईशान अस्पतालले बैंकसँग सम्झौता गरेको हो ।
यही जेठ १८ (मे ३१) गतेदेखी बैंकका कर्मचारी एवम् सदस्यका परिवारहरुलाई उपचारमा छुट दिइने सम्झौता पत्रमा उल्लेख गरिएको छ । उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट सञ्चालक आईजंग कुवँर र बैंकका तर्फबाट बेलौरी शाखा प्रबन्धक रवीन्द्र के.सी र सम्बन्ध अधिकारी शिवराज पन्तले हस्ताक्षर गरेका छन ।


सम्झौता पत्रमा बैंकका कर्मचारी एवम् सदस्यका परिवार, खातावाला, डेबिट/क्रेडिट कार्ड धारक र मोबाइल बैङ्किङ प्रयोगकर्ताहरूले विशेष छुट दरहरूमा अस्पतालबाट सेवा पाउने उल्लेख गरिएको छ ।
सम्झौता पत्र अनुसार अस्पतालले बैंकसँग आवद्ध व्यक्ति तथा परिवारलाई Echo, Pathology, X–Ray, USG, Endoscopy, Normal Bed, HDU Bed, A/C Cabin, Surgery, Colonoscopy/ICU/NICU मा २० प्रतिशत र Medicine मा ८ प्रतिशत छुट सुविधा दिने भएको छ ।
उल्लिखित छुट सुविधाहरू प्राप्त गर्नको लागि कुमारी बैङ्क लिमिटेडका कर्मचारी सदस्यहरू र डेबिट÷क्रेडिट कार्ड धारकहरूले अनिवार्य रूपमा आफ्नो मान्य डेबिट/क्रेडिट कार्डहरू देखाउनु पर्ने छ भने छूट सुविधा प्राप्त गर्न कर्मचारीहरूले आफ्नो कर्मचारी परिचयपत्र प्रस्तुत गर्नुपर्ने अस्पतालका सञ्चालक आईजंग कुँवरले जानकारी दिए ।
बैंकले आतिथ्य साझेदारको रूपमा आफ्नो विवेकमा सबै प्रचार सामग्रीहरूमा ईशान मेमोरियल अस्पतालको लोगो लगाउने बताईएको छ ।

















