
बैतडी- बैतडीमा भीरबाट लडेर एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । शिवनाथ गाँउपालिका-५ की ३४ वर्षीया बिन्दु चन्दको भिरबाट लडेर मृत्यु भएको गाँउपालिका प्रवक्ता केशवबहादुर चन्दले बताए ।
प्रवक्ता चन्दका अनुसार मंगलबार घाँस काट्ने क्रममा कोट भिरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुन् । उनी उदयदेव आधारभुत स्वास्थ सेवा केन्द्रमा विगत १३ वर्षदेखि स्वंयमसेविकाको रुपमा कार्यरत रहेकी बताइएको छ ।


















