अत्तरिया- बाजुरामा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बडीमालिका नगरपालिका-७ बस्ने २८ वर्षका मनबहादुर विक पक्राउ परेका हुन् ।

जिल्ला अदालत बाजुराको फैसलाले विवाह सम्बन्धी कसुर (बहुविवाह) मुद्दामा ११ महिना ७ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले हिजो उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ ।

विकलाई जिल्ला अदालत बाजुरा पेस गरिएको प्रहरीले बताएको छ ।

















