खाेज्नुहाेस

दलित आन्दोलन गैर दलित विरुद्धको आन्दोलन होइन : योजना आयोग उपाध्यक्ष विक

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्ष गणेश विक दलित आन्दोलन गैर दलित विरुद्धको आन्दोलन नभएको बताएका छन् । सोमबार जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा अत्तरियामा आयोजित कार्यक्रममा बोल्दै उनले दलित आन्दोलन विभेद विरुद्धको आन्दोलन भएको बताए ।

‘दलित आन्दोलन गैर दलित बाहुन, क्षेत्रि विरुद्धको आन्दोलन होइन’ उनले भने ‘जसरी महिलाहरूको आन्दोलन पुरुष विरुद्ध होइन त्यसरी नै यो आन्दोलन पनि विभेद विरुद्धको आन्दोलन हो । यो विभेद विरुद्धको आन्दोलनमा दलितका पक्षमा गैर दलित पनि अगाडि आएर लड्न सक्नु हुन्छ ।’

attariya hospital
navjiwan hospital

उनले दलित समुदाय माथि हुने छुवाछुत अन्त्य हुँदैमा पनि सबै समस्या समाधान नहुने भएकाले दलितलाई राजनीतिक, आर्थिक र सामाजिक रूपबाट एकीकृत ढङ्गबाट अगाडि बढाउनु पर्ने बताए ।

उनले हाल प्रदेश सरकारले नीति तथा कार्यक्रममा सुदूरपश्चिममा २०८१ देखि ९० सम्म १० वर्षको अवधिलाई दलित अधिकार दशक मनाउने घोषणा गरेको बताए । दलितका अग्रज नेता टिकाराम पार्कीको नामबाट प्रदेशमा दलित सशक्तीकरण कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए ।

‘दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक सम्पूर्ण समस्याहरूको अध्ययन गरेर, सुदूरपश्चिम प्रदेशमा १० वर्षको दलित मुक्तिको गुरुयोजना बनाउने कार्यक्रम समेटिएको छ’ उनले भने ‘यो बाहेक हलिया पुरस्थापना गर्ने, जातीय छुवाछुतको अन्त्य गर्ने कुरा नीति तथा कार्यक्रममा परेको छ ।’ उनले प्रदेशमा दलित विकास समिति पनि गठन गर्ने योजना रहेको बताए ।

सम्बन्धित समाचार : अत्तरियामा जातीय छुवाछुत उन्मूलन दिवस मनाइयो