अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-४ बन्दगडामा निर्मित मष्टाधाम मा पहिलो पटक पुजा गरिने भएको छ । धाममा प्राणप्रतिष्ठा गरिएपछि पहिलो पटक आइतवार पुजा गरिन लागेको हो ।

पुजामा मष्टाधाममा राखिएका १२ वटै मष्ट देवताहरुको पुजाआजा गरिने मष्टाधाम ब्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँद ले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष असार १४ गतेका दिन मष्ट देवताको पुजा गरिनेछ ।

गोदावरीमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने सोचका साथ मष्टाधाम निर्माण गरिएको हो । बृहत् योजना सहित निर्माण गरिएको धाममा मष्टाधामको मुल मन्दिर सहित विभिन्न संरचनाहरु तयार गरिएका छन ।
यद्यपि धामको गुरुयोजना अनुसारको निर्माण कार्य अझै सम्पन्न भैनसकेको अध्यक्ष साउँदले बताए । उनले धाममा आइतवार हुने पुजामा सहभागी हुन सम्पुर्ण धर्मावलम्बिहरुलाइ आग्रह पनि गरेका छन ।

















