काठमाडौँ- न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ ।

काठमाडौँ महानगरपालिकाले न्युरोडको फुटपाथ विस्तारका लागि सडकको पिच खनेको थियो । डिभिजन सडक कार्यालयले महानगरपालिकालाई पिच जस्ताको तस्तै गर्न भन्दा नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको हो ।

विभागले कालोपत्रे गर्न सुरु गरेपछि काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच छलफल भइरहेको छ ।


















