अत्तरिया – कैलालीको अत्तरियामा जापनिज भाषाको केन्द्र सञ्चालनमा आएको छ । अत्तरिया चौराहामा सिकी जापनिज भाषा केन्द्र सञ्चालनमा आएको हो ।

केन्द्रको आइतबार एक कार्यक्रमका बिच दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र ऐरले उद्घाटन गरेका थिए । उक्त केन्द्र जापानमा अध्ययन गरेका मीन साउद लगायतका युवाहरूको समूहले सञ्चालनमा ल्याएको हो । युवा नवीन जोराको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन खेम राज भट्टले गरेका थिए ।


Ramro kaam