अत्तरिया- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले गर्मी बिदा दिएको छ । यसअघि विद्यालय सञ्चालनको समय परिवर्तन गर्न लगाएको पालिकाले आज सूचना जारी गर्दै गर्मी बिदा दिइएको जानकारी गराएको हो ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने तथा विद्यालय सञ्चालनमा समेत कठिनाइ उत्पन्न हुन सक्ने हुँदा नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयमा २१ गतेबाट २३ गतेसम्म तीन दिन बिदा गराइएको निवेदनमा उल्लेख छ ।

पालिकाले यसअघि १४ गते सूचना निकालेर १६ देखि २० गतेसम्म बिहान ७ देखि १० बजेसम्म विद्यालयहरु सञ्चालन गर्न भनेको थियो ।



















