आँप बोकेको ट्र्याक्टर पल्टिँदा २ जनाको मृत्यु

सप्तरी- सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा स १ त ६२९५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

maya metro hospital

ज्यान गुमाउनेमा सिरहाको लाहान नगरपालिका–१९ का मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका-७ का सुशील राम रहेका छन् । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये आठ जना उपचारपछि घर फर्किएका र १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजविराजबाट आँप लिएर कञ्चनपुरतर्फ गुडिरहेको ट्र्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको बताइएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.