अत्तरिया – सुदूरपश्चिमका ३ जिल्ला कैलाली, कञ्चनपुर र डडेल्धुराबाट साढे ५ लाख बढीको अवैध सामान बरामद गरिएको छ । शनिबार ३ जिल्लाका बिभिन्न स्थानबाट साढे ५ लाख बढीको अवैध सामान बरामद गरिएको हो ।
कैलालीको धनगढी, भजनीबाट २ लाख ३ हजार ८०३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएका ेछ । जसमा प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु रहेको प्रहरीको भनाइ छ ।


यस्तै शनिबार नै कञ्चनपुरको पुनर्वास नगरपालिका – ११ डोकेबजारबाट ३ लाख २९ हजार बराबरको लेडिज साइड ब्याग, लेडिज हेण्ड ब्याग, लेडिज सानो पर्स, लेडिज ठुलो साइड ब्याग लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीले डडेल्धुराको पर्शुराम नगरपालिका – ६ गडगडेबाट पनि अवैध सामान बरामद गरेको छ ।
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ५४ हजार ५२० मुल्य बराबरको चिनी, बिडी, मसला, पानी वर्सादी, बिस्कुट, छाता, थान कपडा, धोती कपडा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु इलाका प्रहरी कार्यालय तातापानी, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



















