अत्तरिया – कञ्चनपुरमा एक जना मृत फेला परेका छन । जिल्लाको बेदकोट नगरपालिका – ६ कोल्डस्टोर चोक नजिकै सोही ठाउँ बस्ने ५२ वर्षिय उत्तम मल्ल मृत अवस्थामा फेला परेका हुन ।

विगत डेढ वर्षदेखी आफ्नै भान्जाले सञ्चालन गरेर पुरानो छोडीसकेको होटलमा कुरुवा बस्दै आएका उनि होटलकै बरन्डामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उक्त विषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।

















