
धनगढी- धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट सोही वडाको बोराडाँडीका १९ वर्षीय दिपेश अवस्थी पक्राउ परेका हुन् ।
उनलाई अवैध लागुऔषध १ ग्राम २० मिलिग्रामसहित शुक्रबार वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको जनाएको छ ।



















