खाेज्नुहाेस

विद्यालयको समय परिवर्तन गरिएको बेलौरीमा गर्मी बिदा पनि दिइयो

Image

अत्तरिया- कञ्चनपुरको बेलौरी नगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै २२ गते सम्मका लागि गर्मी बिदा दिएको हो ।

दैनिक रुपमा अत्यधिक गर्मी बढिरहेकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै वर्षे बिदाबाट मिलान हुनेगरी २० देखि २२ गतेसम्म नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा गराउन सूचनामा भनिएको छ ।

attariya hospital
navjiwan hospital

त्यस्तै, पोलियो रोगविरुद्धको आईपीभी खोप लगाउन बाँकी विद्यार्थीहरुलाई खोप तालिका बमोजिम सम्बन्धित विद्यालयमा उपस्थित गराउन पनि भनिएको छ ।

यसअघि १६ गते सूचना जारी गर्दै नगरपालिकाले १७ र १८ गते दुई दिनका लागि विद्यालय सञ्चालनको समय परिवर्तन गर्न लगाएको थियो । बेलौरीका सम्पूर्ण विद्यालय बिहान ७ बजेबाट १०:३० बजेसम्म सञ्चालन गर्न लगाइएको थियो । उक्त निर्णयपछि अहिले भने बिदा नै दिइएको हो ।

May be an image of ticket stub and text