बझाङमा यार्सा सङ्कलन गर्न गएका युवकको हिउँमा चिप्लेर मृत्यु

बझाङ- बझाङमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक युवकको हिउँमा चिप्लेर मृत्यु भएको छ । सुर्मा गाउँपालिका-५ का अन्दाजी ३२ वर्षीय दिपेन्द्र बोहराको यार्सागुम्बु सङ्कलन गर्ने क्रममा हिउँमा चिप्लेर मृत्यु भएको हो ।

maya metro hospital

सुर्माको धौलढुङ्गा हिमालमा यार्सागुम्बा सङ्कलनका लागि बुधबार गएका बोहराको बिहीबार हिउँमा चिप्लेर घटनास्थलमै मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.