अत्तरिया – बैतडीको एउटा निर्माण कम्पनि कालोसुचिमा परेको छ । जिल्लाको पाटन नगरपालिका– ५ मा रहेको हिमशिखर निर्माण सेवा कम्पनि १ वर्षका लागि कालोसुचिमा परेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार जारी गरेको सुचनामा बैतडीको हिमशिखर निर्माण सेवालाई १ वर्षका लागि कालोसुचिमा राखिएको जनाईएको छ । बैतडीकै शिवनाथ गाउँपालिकाको पत्रको आधारमा उक्त निर्माण कम्पनिलाई कालोसुचिमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

हिमशिखर सहित देशका १७ वटा निर्माण कम्पनिहरुलाई कार्यालयले १ देखी ३ वर्ष सम्मका लागि कालोसुचिमा राखेको छ । कालोसुचिमा राखिएका कम्पनिहरुले उक्त अवधीभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने सुचनामा उल्लेख गरिएको छ ।

















