कञ्चनपुरको एक घरमा आगलागी

अत्तरिया- कञ्चनपुरको एक घरमा आगलागी भएको छ । हिजो राति भीमदत्त नगरपालिका-१४ शान्तिटोलका धनबहादुर विकको घरमा आगलागी भएको हो ।

maya metro hospital

प्रहरीले उनको भान्सा घरमा बालेको आगोबाट हावाहुरीका कारण नजिकै रहेको २ तले कच्ची घरमा आगलागी हुन पुगेको बताएको छ । आगलागीबाट घर, खाद्यान्न, काठ लगायतका सामानहरु गरी अन्दाजी ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ ।

मानवीय तथा चौपाया क्षति भने भएको छैन । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.