शाईन रेसुङ्गा बैंक र सुदूरपश्चिम डेन्टल हस्पिटल बिच उपचारमा छुट सम्झौता

अत्तरिया – अत्तरियामा रहेको सुदूरपश्चिम डेन्टल हस्पिटलले शाईन रेसुङ्गा डेभरपमेन्ट बैंक लिमिटेडका सदस्यहरुलाई उपचारमा छुट दिने भएको छ । हस्पिटलले शाईन रेसुङ्गा बैंकका सदस्यहरुलाई डेन्टल सम्बन्धी उपचारमा २० प्रतिशत छुट दिने भएको हो ।

maya metro hospital

सो विषयमा बिहिबार बैंक र हस्पिटल बिच सम्झौता भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा खाता भएका ग्राहकहरुले बैंकको डेबिट कार्ड/क्रेडिट कार्ड, मोबाइल बैंकिङ वा बैंकका अन्य अनलाइन सेवाहरू प्रयोग गरेर छुट प्राप्त गर्न सक्ने बताईएको छ ।

नगद भुक्तानी गर्ने ग्राहकहरुले बैंकको चेकबुक÷भिसा डेबिट कार्डको साथमा आफ्नो परिचयपत्र पेश गरेर उक्त छुट सुविधा लिन सक्ने हस्पिटलले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.