खाेज्नुहाेस

कैलालीमा बसमा सुतेका युवकको मृत्यु

Image

अत्तरिया – कैलालीमा बसमा सुतेका एक युवकको मृत्यु भएको छ । मसुरियाबाट हसुलिया बजार जान से १ ख ८१० नम्बरको बसमा बसेका कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको बसमै मृत्यु भएको हो ।

navjiwan hospital

ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजार जानको लागि आमा बुवा सँगै बसमा बसेका थिए ।

attariya hospital

बसमा निदाएका उनी हसुलिया बसपार्क पुग्दा मृत फेला परेको ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दले बताएका छन । उनको उच्च गर्मीका कारण मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।