कञ्चनपुरमा गर्मीको प्रभाव : कतै विद्यालय बन्द, कतै समय परिवर्तन

अत्तरिया- कञ्चनपुरका विद्यालयहरुमा गर्मी बढेसँगै बिदा र पठनपाठनको समय परिवर्तन गर्न लगाइएको छ । जिल्लास्थित पालिकाहरुले ती पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा तथा पठनपाठनको समय परिवर्तन गर्न भन्दै सूचना जारी गरेका छन् ।

maya metro hospital

कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाले १७ र १८ गते गरी दुई दिन विद्यालयमा पठनपाठन रोक्न भनेका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा निकै समस्या भएको र अभिभावकहरुले पनि बिदाको माग गरेकाले दुई दिन विद्यालयहरु बन्द गर्न भनिएको छ । उक्त बिदा हिउँदे तथा वर्षे बिदाबाट मिलान गरिने पनि सूचनामार्फत जनाइएको छ ।

बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, दोधराचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले भने विद्यालय सञ्चालनको समय परिवर्तन गर्न भनेका छन् ।

attariya hospital

बेलडाँडीले हिजो १६ गते सूचना जारी गर्दै सोही दिनदेखि २१ गतेसम्म बिहान १०:४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको छ । बेलौरीले आज र भोलि (१७ र १८ गते) दुई दिन ७ देखि १०:३० बजेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ । शुक्लाफाँटाले भने १४ गते नै सूचना जारी गर्दै सोही दिनदेखि २० गतेसम्म बिहान ७ देखि १० गतेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ ।

पुनर्वासले पनि हिजो १६ गतेबाट २० गतेसम्म ७ देखि १०:४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको छ भने दोधराचाँदनीले आजबाट २३ गतेसम्म ७ देखि १० बजेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ ।

जिल्लाका ९ मध्ये ७ पालिकाका विद्यालयहरुमा बिदा तथा पठनपाठनको समय परिवर्तन गर्न लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.