
सुर्खेत- सुर्खेतमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान दुई बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले बताए । जीपमा ८ जना सवार रहेको प्रहरीको अनुमान छ । जिप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
