डोटीमा आगलागी, ४० लाखको क्षति

अत्तरिया- डोटीमा आगलागी हुँदा ४० लाखको क्षति भएको छ । हिजो जिल्लाको पूर्विचौकी गाउँपालिका-१ साँझघाटस्थित दिलबहादुर खड्काको दुई तले चार कोठे टिनले छाएको घर, पसल र विष्णुबहादुर खड्काको तीन तले छ कोठे टिनले छाएको होटलमा आगलागी भएको हो ।

maya metro hospital

विद्युतको तार सर्ट भई आगलागी हुँदा घर, पसल भित्र रहेका नगद, लत्ताकपडा, खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्रहरु, फर्निचर, काउण्टर , ग्यास चुलो, फ्रिज, एलइडी टिभी, काठको दराज लगायतका सामनहरु गरी अन्दाजी ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रदेश प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.