तरुण दलको रक्तदान कार्यक्रममा स्थानियस्तरबाटै ४६ पिन्ट रगत संकलन

अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको छ । नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा स्थानियस्तरबाटै ४६ पिन्ट रगत संकलन भएको हो ।

maya metro hospital

यसअघि भएका रक्तदान कार्यक्रमहरुमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका जवानहरुले रगत दान गर्दै आएका थिए । तर पहिलो पटक अत्तरियामा भएको रक्तदान कार्यक्रममा कुनै पनि विभागका जवानहरुको उपस्थिति नहुँदा पननि ४६ पिन्ट रगत संकलन भएको हो ।
रक्तदान कार्यक्रममा नेता, व्यापारी, स्थानियबासीहरुको स्वस्फुर्त सहभागिता रहेको नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले जानकारी दिए ।

attariya hospital

उनले प्रत्येक जसो रक्तदान कार्यक्रममा प्रहरी जवानहरुलाई बोलाउने गरिएकोमा यसपटक आफुहरुले फरक किसिमले कार्यक्रम आयोजना गरेको बताए । ‘सैनिकहरुले त आवश्यकता परेको बेलामा पनि रक्तदान गर्नुभएको नै छ, सबै रक्तदान कार्यक्रममा उहाँहरुलाई बोलाउनुपर्छ जस्तो लाग्दैन’ उनले भने ‘अहिले हामीले आर्मि, पुलिस र सशस्त्रबाट बोलाएनौ, यहाँका स्थानियबासीहरुले रक्तदान गरेर सहयोग गर्नुभयो ।’

उनले गर्मीको समयमा रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको बताए । गर्मी मौषममा बढी जसो रोगहरु देखा पर्ने र रगतको अभाव हुने भएकाले गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको उनले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य गरेको थियो ।

मंगलबार परेको गणतन्त्र दिवसको अवसरमा तरुण दलले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । स्थानिय नेता, युवा, व्यवसायी, राजनितिक पार्टीका प्रतिनिधि लगायतको सहभागितामा सफलतापुर्वक कार्यक्रम सम्पन्न भएको उनले बताए ।

२ जना सम्मानित

यसैबिच कार्यक्रममा २ जना रक्तदातालाई सम्मानित गरिएको छ । जिल्लाभरीका रक्तदान कार्यक्रमहरुमा धेरै पटक रक्तदान गर्ने धनगढीका पत्रकार दिपक उपाध्याय र नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरियाका पुर्व अध्यक्ष शेर सिँह खड्कालाई सम्मानित गरिएको हो ।


उनिहरु दुवै जनालाई कार्यक्रमको अवसरमा सम्मान पत्रले सम्मानित गरिएको तरुण दलका नगरसभापति भट्टराईले बताए । उनिहरुलाई नगरप्रमुख विरेन्द्र भट्टले सम्मान पत्र प्रदान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.