दातृ निकायद्धारा बझाङको जालपा आधारभुत बिद्यालयमा दुई कोठे बालमैत्री भवन निर्माण

रुपक खड्का/बझाङ – बझाङको जयपृथ्वी नगरपालिका को एक बिद्यालयमा बालमैत्रीपुर्ण भवन निर्माण गरिएको छ । जयपृथ्वी नगरपालिका– ८ जोशीगाउँको जालपा आधारभुत बिद्यालयमा प्रगतिशील युवा समाज सङको साझेदारीमा वल्र्ड भिजन ईन्टरनेशनल नेपालले भवन निर्माण गरेको हो ।

maya metro hospital

वल्र्ड भिजनकै आर्थिक तथा प्राबिधिक सहयोग रहेको उक्त भवन दुई कोठे भुकम्पप्रतिरोधि, अपांगमैत्री र बालमैत्री रहेको बताईएको छ । सोमबार एक कार्यक्रमका बिच निर्माण कम्पनिले भवन विद्यालयलाई हस्तान्तरण गरेको छ । २०८० मंसिर २१ गते सम्झौता भएको उक्त भवन निर्माणको जिम्मा किनारा नुरा जोइन्ड भ्यान्चरले पाएको थियो । ४८ लाख ३७ हजार ४८१ रुपैयाको लागतमा २०८१ जेठ ७ गते निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार निर्माण कम्पनिले समयमै भवनको निर्माण कार्य सम्पन्न गरको हो ।

शिक्षा क्षेत्रको गुणस्तरको बिकास संगै बालबालिकाहरुको सरक्षाका लागि भुकम्पप्रतिरोधि भवन निर्माण आवश्यक रहेको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले जानकारी दिए । उनले बिद्यालयको भौतिक बिकासमा टेवा पु-याएको भन्दै दातृ निकायलाई धन्यवाद ज्ञापन गरे । उनले दैनिक पठनपाठन कार्यलाई प्रभावकारी बनाउन शिक्षकको अहम भुमिका रहने भएकाले शिक्षकहरुले उक्त कुरामा ध्यान दिनुपर्ने बताए । विद्यालयको इतिहास समेत राम्रो रहेकाले सोही इतिहास जिवित राख्न सम्पुर्ण शिक्षक कर्मचारीहरुले लाग्नुपर्ने उनको भनाई थियो ।

attariya hospital

उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा महिलाले नेतृत्व गरिरहेको विषयलाई इंगित गर्दै नगरप्रमुख बजालले अध्यक्ष जस्तो जिम्मेवार पदमा महिलाले जिम्मेवारी प्राप्त गर्नु लोकतन्त्रको मुल्य मान्यताको उपज रहेको बताए ।

प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केसीले संस्थाले जिविकोपार्जन, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा काम गर्दै आएको बताए । उनले शिक्षाको गुणस्तर बृद्घि गर्न र बिद्यालयमा बिद्यार्थीको संख्या बढाई समाज रुपान्तरणका सवालमा काम गर्न निरन्तरता संस्था सदैव अग्रसर रहेको बताए । उनले बिद्यालयको अवस्था सुधार गर्न मुख्य गरी दैनिक पाठन पाठनमा सुधार हुनुपर्ने पनि बताए ।

संघ संस्थाहरुले सरकारको अभिन्न अङ्गका रुपमा सहयोग गर्दै आएकाले नगरपालिका संगको समन्वयमा शिक्षा क्षेत्रको सुधारका लागि संस्था सदैव लागि रहने उनले बताए । उनले निर्माण गरिएको भवनको संरक्षण गरि सहि सदुपयोग गर्न आग्रह गरे ।

यसैगरी संस्थाका सहसचिव प्रविन्द धामीले भौतिक संरचनाका अलवा शैक्षिक सामाग्रीको बितरण र कक्षा निरिक्षण लगायतका कार्यमा संस्था निरन्तर लागिरहेको बताए । उनले शिक्षा क्षेत्रको विकास नै समाज रुपान्तरणको मेरुदण्ड भएकाले शिक्षाको गुणस्तर वृद्धीका लागि सबै अग्रसर हुनुुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.