नेपाल प्रेस युनियनद्धारा नेपाल पत्रकार महासंघ अछाम शाखामा तालाबन्दी

अछाम – नेपाल पत्रकार महासंघ अछाम शाखामा तालाबन्दी गरिएको छ । सोमबार नेपाल प्रेस युनियन अछामले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

maya metro hospital

प्रेस युनियन लगायतका जिल्ला स्थित सक्रिय पत्रकारका संघ/सङ्गठनको सहमतिमा नेपाल पत्रकार महासंघ अछाम शाखामा १०१ जना हटाउने, ६५ जना सक्रिय पत्रकारको सदस्यता नवीकरण गर्ने र २३ जना सक्रिय पत्रकारलाई नयाँ सदस्यको लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको भएपनि महासंघ केन्द्रले मनलाग्दी सदस्यता खारेज गरेको भन्दै तालाबन्दी गरिएको प्रेस युनियन अछामका अध्यक्ष जनकराज भण्डारीले बताए ।

महासंघ केन्द्रले जिल्लाका प्रेस युनियनमा आवद्ध सक्रिय पत्रकारहरुको नाम हटाएर अछाम शाखाका सदस्यको सुची सार्वजनिक गरेको प्रति खेद प्रकट गर्दै महासंघको शाखा कार्यालयमा तालाबन्दी गरिएको उनले बताए ।

attariya hospital

जिल्लाको निर्णयलाई लत्याउँदै सदस्य सुची सार्वजनिक गर्ने नेपाल पत्रकार महासंघ केन्द्रको निर्णय मान्य नहुने उनले बताए । महासंघ अछामको सिफारिस अनुसारका क्रियाशिल पत्रकारहरुको नविकरण तथा नयाँ सदस्यता कायम नभए सम्म जेष्ठ २६ गते हुने भनिएको महासंघको निर्वाचनको कुनैपनि गतिविधि गर्न नदिईने र यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मेवारी महासंघको केन्द्रिय समितिले लिनुपर्ने अध्यक्ष भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.