चुरेमा रहेको खैराला स्वास्थ्य चौकी भवनको उद्घाटन

अत्तरिया – कैलालीको चुरे गाउँपालिकामा रहेको खैराला स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले उक्त स्वास्थ्य चौकीको भवन उद्घाटन गरेका हुन ।

maya metro hospital

भवन उद्घाटन गर्दै पालिका अध्यक्ष बोगटीले विकट क्षेत्रका रुपमा रहेको चुरेबासीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न भवनले सहयोग पुग्ने बताए । उनले चुरेमै पहिलो पटक सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण भएको बताए ।

‘चुरेमा सम्पुर्ण उपकरण र पुर्वाधार सम्पन्न यो पहिलो भवन हो’ उनले भने ‘स्वास्थ्य सेवामा यसले धेरै टेवा पु¥याउने छ ।’ बोगटीले स्वास्थ चौकी भवन निर्माण सहयोग गरेकोमा दातृ निकायलाई धन्यवाद दिए । उनले भवन अभावमा विगतमा सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै अब भने सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।

attariya hospital

फाया नेपाल मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रर्वद्धन परियोजना अन्र्तगत आम्दा माइन्ड्स र परराष्ट्र मन्त्रालय जापानको आर्थिक एवम् प्राविधिक सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो । उक्त भवन सोमबार चुरे गाउँपालिका कार्यालयलाई हस्तान्तरण पनि गरिएको छ । कर्मचारी बस्ने आवास, बैठकका लागि हलको व्यवस्था सहितको ८ कोठे २ तले भवन फाया नेपालले पालिकालाई हस्तान्तरण गरेको हो ।

जसमा स्वास्थ्य सेवाका लागि आवश्यक उपकरणहरु पनि रहेको पालिकाका अध्यक्ष बोगटीले बताए । उनले स्वास्थ्य चौकीका लागि भवन र आवश्यक उपकरणको जोहो भैसकेकाले अब त्यसका कर्मचारी व्यवस्थापन र औषधीको व्यवस्था पालिकाले गर्ने बताए ।

गत वर्ष जेठ १५ गते शुभारम्भ भई निर्माणको सुरुवात गरिएको उक्त भवन फागुन १७ गते निर्माण सम्पन्न भएको थियो । उक्त भवन निर्माणका लागि १ करोड ९९ लाख ३५ हजार ९६३ रुपैया लागत लागेको गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.