खाेज्नुहाेस

गणतन्त्र दिवसको अवसरमा तरुण दल गोदावरीले रक्तदान कार्यक्रम आयोजना गर्दै

Image

अत्तरिया – कैलालीको अत्तरियामा वृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले वृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

navjiwan hospital

मंगलबार गणतन्त्र दिवसको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले जानकारी दिए । उनले गर्मीको समयमा रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

attariya hospital

‘यो गर्मी मौषममा विभिन्न किसिमका रोगहरु देखा परिरहेका छन, यस्तो अवस्थामा रगतको अभाव हुने सम्भावना बढी हुन्छ’ उनले भने ‘रगत अभावका कारण कसैले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्य लिएर हामीले यो कार्यक्रम आयोजना गर्न लागिरहेका हौ ।’

उनले रक्तदानलाई जीवनदानको रुपमा समेत लिईने भएकाले सबैले कार्यक्रममा सहभागि भएर रक्तदान गरिदिन आग्रह गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य रहने बताईएको छ ।